अमेरिकामा गोली हानी एक नेपालीको हत्या
काठमाडाैं | पुस २४, २०७९
काठमाडौं: नर्थ क्यारोलाइना, अमेरिका । कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ ।
तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समाएको थियो । सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ । सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको जनाइएको छ ।
चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

